श्रशत प्रतिशत स्थानीय व्यक्तिहरूद्वारा सञ्चालित संकटा बचत तथा ऋण सहकारी संस्था लि.ले समाजका सम्पर्ूण्ा वर्गका जनतालाई लक्षित गरी उनीहरूको आयस्तर बढाउन विभिन्न कार्यक्रम संचालन गर्ने मुख्य उद्देश्य राखी सहकारी संस्थाको क्षेत्रमा अनुभव प्राप्त स्थानीय व्यापारी, प्रतिष्ठित व्यक्ति, समाजसेवीहरूको साथै बैंक तथा वित्तीय संस्थाहरूमा काम गरी अनुभव प्राप्त व्यक्तिहरूलाई यस संस्थामा संलग्नता गराइएको छ ।उद्देश्य
क) साना-तिना छरिएर रहेका पूजीलाई संकलन गरी आयमूलक कार्यमा लगानी गर्ने ।
ख) संकलित बचत रकममा उचित ब्याज दिने ।
ग) सदस्यहरूलाई एकिकृत गरी एकै ठाउमा आवासीय घर बनाई सरल किस्ताबन्दीमा उपलब्ध गराउने ।
घ) हायर पर्चेज कर्जा अर्न्तर्गत गाडी, मो.सा., सफा टेम्पु आदिमा लगानी गरिने ।
ङ) सदस्यहरूको आर्थिक उन्नतीको लागि सामूहिक जमानीमा कर्जा उपलब्ध गराउने ।
च) सदस्यहरूको संचालित व्यापार वयवसायको लागि आवशयक चालू पूजीको व्यवस्था गरिदिने ।
छ) भविष्यमा अत्यावश्यक खाद्य वस्तुहरूको सुपथ मूल्य बजार संचालन गर्ने ।
ज) शिक्षातर्फलगानी गरी सदस्यहरूको लागि गुणस्तर तथा न्यूनतम मासिक शुल्कमा शिक्षा प्रदान गर्ने ।
झ) यातायात व्यवस्था सुविधा दिलाउने ।
ञ) आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने ।
बचत संकलन व्यवस्था
क) यस संस्थाका प्रतिनिधिहरू आÇनो परिचय-पत्र लिई तपाईको घर-दैलोमा बचत संकलन गर्न आउने छन् । उनीहरूको परिचय-पत्र हेरी आÇनो बचत रकम जिम्मा लगाउन सक्नु हुनेछ । निस्सा वा प्रमाणस्वरुप यस संस्थाको पासबुकमा रकम लेखी तपाईको समेत दस्तखत गर्राई उक्त पासबुक दिइने छ ।
ख) तपाईलाई फर्ूसद भएमा तपाई आफै यस संस्थामा आई खाता खोली रकम जम्मा गर्न पनि सक्नु हुनेछ ।
संचालक समितिका पदाधिकारीहरू
|




