शत प्रतिशत स्थानीय व्यक्तिहरूद्वारा सञ्चालित संकटा बचत तथा ऋण सहकारी संस्था लि.ले समाजका सम्पर्ूण्ा वर्गका जनतालाई लक्षित गरी उनीहरूको आयस्तर बढाउन विभिन्न कार्यक्रम संचालन गर्ने मुख्य उद्देश्य राखी सहकारी संस्थाको क्षेत्रमा अनुभव प्राप्त स्थानीय व्यापारी, प्रतिष्ठित व्यक्ति, समाजसेवीहरूको साथै बैंक तथा वित्तीय संस्थाहरूमा काम गरी अनुभव प्राप्त व्यक्तिहरूलाई यस संस्थामा संलग्नता गराइएको छ । संकटा आजीवन योजना-२०६२
सम्पर्ूण्ा सदस्यहरूको भविष्य केही हदसम्म निश्चित पारिदिने संकल्पसहित संकटा सहकारीले सदस्यहरूको लागि यो "संकटा आजीवन योजना-२०६२" अघि सारेको छ । जुन जीवन वीमा र पेन्शनको समिश्रण गरी यो योजना तयार गरिएको छ । जसबाट परिवारको भविष्यप्रति चिन्ता लिन नपरोस् नाबालक बच्चाहरू, युवायुवतीहरू र आÇनो बुढेसकालसम्मको लागि ढुक्क हुने वातावरण यस योजनाबाट निश्चित गरिएको छ र थोरै खर्च पनि मागी रहनुपर्ने अवस्थाबाट भविष्यमा मुक्त हुनका लागि यस किसिमको योजनाले विशेष भूमिका निर्वाह गर्दछ । यस योजना अर्न्तर्गत तपाईले दिनको न्यूनतम रू. २०।-, मासिक रू. ६००।- जम्मा गरी २० औं वर्षपछि मासिक पेन्शन रू. ३,०००।- देखि अधिकतम दैनिक रू. २००।-, मासिक रू. ६०००।- जम्मा गरी २० वर्षपछि मासिक पेन्शन रू. ३०,०००।- सम्म आजीवन प्राप्त गरी आÇनो भविष्य सुरक्षित गर्न सक्नु हुनेछ । उद्देश्य
क) साना-तिना छरिएर रहेका पूजीलाई संकलन गरी आयमूलक कार्यमा लगानी गर्ने ।
ख) संकलित बचत रकममा उचित ब्याज दिने ।
ग) सदस्यहरूलाई एकिकृत गरी एकै ठाउमा आवासीय घर बनाई सरल किस्ताबन्दीमा उपलब्ध गराउने ।
घ) हायर पर्चेज कर्जा अर्न्तर्गत गाडी, मो.सा., सफा टेम्पु आदिमा लगानी गरिने ।
ङ) सदस्यहरूको आर्थिक उन्नतीको लागि सामूहिक जमानीमा कर्जा उपलब्ध गराउने ।
च) सदस्यहरूको संचालित व्यापार वयवसायको लागि आवशयक चालू पूजीको व्यवस्था गरिदिने ।
छ) भविष्यमा अत्यावश्यक खाद्य वस्तुहरूको सुपथ मूल्य बजार संचालन गर्ने ।
ज) शिक्षातर्फलगानी गरी सदस्यहरूको लागि गुणस्तर तथा न्यूनतम मासिक शुल्कमा शिक्षा प्रदान गर्ने ।
झ) यातायात व्यवस्था सुविधा दिलाउने ।
ञ) आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने ।