Special Scheme
संकटा आजीवन योजना२०६२
संकटा बचत तथा ऋण सहकारी संस्थाले आÇना सदस्यहरूका सुनिश्चित, सुरक्षित एवं सुन्दर भविष्यको ग्यारेन्टीको निमित्त "सकंटा आजीवन योजना-२०६२" को शुरुवात गरेको छ । जीवन बीमा र पेन्शन सुविधाको समायोजित यस योजनामा बालक, युवा, बृद्ध जो सुकै पनि सहभागी भै आÇनो भविष्य सुनिश्चित एवं सुरक्षित गर्न सक्ने छन् । यस योजना अर्न्तर्गत सदस्यले दिनको न्यूनतम रू. २०।- देखि अधिकतम रू. २००।- सम्म जम्मा गरी २० वर्षपश्चात मासिक रू. ३,०००।- देखि रू. ३०,०००।- सम्म आजीवन प्राप्त गर्न सक्नेछ ।
साथै आÇनो मरणोपरान्त पनि २० वर्षा जम्मा बचत रकमको दोब्बर रकम इच्छाएको व्यक्तिले प्राप्त गर्न सक्नेछ ।

कार्यक्रमको विवरण
"संकटा आजीवन योजना-२०६२" मा सदस्य बन्नर् इच्छुक व्यक्तिले न्यूनतम रू. २०।- प्रति दिन र अधिकतम रू. २००।- प्रति दिनको हिसाबमा २० वर्षसम्म जम्मा गर्नु पर्नेछ । किस्ता रकम साप्ताहिक, पाक्षिक, मासिक, अर्ध वाषिर्क वा वाषिर्क, निरन्तर रुपमा बुझाउनु पर्नेछ । २० वर्षपश्चात न्यूनतम मासिक रू. ३,०००।- र अधिकतम मासिक रू. ३०,०००।- सम्म आजीवन पेन्शन पाउन सकिनेछ । योजना अवधिको बीचमा किस्ता बुझाउन नसकेमा वा सम्झौता टोड्न चाहेमा पनि पेन्शन सुविधा वा आÇनो जम्मा बचत रकममा ब्याज थपि रकम फिर्ता दिइनेछ ।

सुविधा
१. आजीवन पेन्शन

क) यस योजनाको सदस्य भै २० वर्षसम्म निरन्तर रुपमा किस्ता बुझाउने सदस्यलाई मासिक बचत रकमको ५ गुणा आजीवन मासिक पेन्शन दिइने छ ।
जस्तैः
दैनिक किस्ता
मासिक किस्ता
२० वर्षपश्चात मासिक पेन्शन
रू. २०।-
रू. ६००।-
रू. ३,०००।-
रू. ५०।-
रू. १,५००।-
रू. ७,५००।-
रू. १००।-
रू. ३,०००।-
रू. १५,०००।-
रू. २००।-
रू. ६,०००।-
रू. ३०,०००।-


ख) निरन्तर रुपमा किस्ता रकम बुझाउ“दै आएका सदस्यले किस्ता रकम बुझाउन नसकेको खण्डमा १२ औं वर्षो अन्तमा स्थगन गर्न सक्नेछ । यसरी १२ औं वर्षो अन्तमा किस्ता स्थगन गर्न चाहने सदस्यलाई १३ औं वर्षो पहिलो महिना देखि मासिक किस्ता रकमको १.६६६ गुणा आजीवन पेन्सन दिइनेछ ।

दैनिक किस्ता
मासिक किस्ता
२० वर्षपश्चात मासिक पेन्शन
रू. २०।-
रू. ६००।-
रू. १,०००।-
रू. ५०।-
रू. १,५००।-
रू. २,५००।-
रू. १००।-
रू. ३,०००।-
रू. ५,०००।-
रू. २००।-
रू. ६,०००।-
रू. १०,०००।-

ग) १५ औं वर्षो अन्तमा किस्ता स्थगन गर्ने सदस्यले मासिक किस्ताको २.५ गुणा आजीवन मासिक पेन्शन प्राप्त गर्न सक्नेछ ।
दैनिक किस्ता
मासिक किस्ता
१५ वर्षपश्चात मासिक पेन्शन
रू. २०।-
रू. ६००।-
रू. १,५००।-
रू. ५०।-
रू. १,५००।-
रू. ३,७५०।-
रू. १००।-
रू. ३,०००।-
रू. ७,५००।-
रू. २००।-
रू. ६,०००।-
रू. १५,०००।-


२.ऋण सुविधा
निरन्तर रुपमा किस्ता बुझाउ“दै गरेका सदस्यले ५ वर्षपश्चात बिना धितो सहुलियत ब्याज दरमा ऋण लिन सक्नेछ ।
३. आजीवन बीमा सुविधा
यस योजनामा सम्झौता -योजना) अवधि भित्र मासिक रू. ६००।- बुझाउने सदस्यको दर्ुघटनाबाट मृत्यु भएमा निम्न अनुसार बीमा सुविधा व्यवस्था गरिएको छ ।
क) सदस्य बनेको मितिले १२ औं वर्षो अन्त सम्ममा मृत्यु भएमार् इच्छाएको व्यक्तिले रू. १,४४,०००।- रकम एक मुष्ठ प्राप्त गर्न सक्नेछ ।
ख) १३ औं वर्षदेखि १५ औं वर्षो अन्त सम्ममा मृत्यु भएमार् इच्छाएको व्यक्तिले रू. १,६२,०००।- एक मुष्ठ रकम प्राप्त गर्न सक्नेछ ।
ग) १६ औं वर्षदेखि २० औं वर्षा मृत्यु भएमार् इच्छाएको व्यक्तिले रू. २,८८,०००।- एकमुष्ठ प्राप्त गर्न सक्नेछ ।
४. स्वैच्छिक किस्ता स्थगनमा पनि आकर्ष ब्याज सहित बचत रकम फिर्ता
निरन्तर रुपमा मासिक रू. ६००।- किस्ता बुझाउ“दै गरेका सदस्यले १० वर्षपश्चात र्स्वईच्छाले सम्झौता टोड्न चाहेमा जम्मा बचत रकममा निम्न अनुुसार रकम थप गरी बचत रकम फिर्ता दिइनेछ ।

अवधि
वचत रकम
थप
एकमुष्ठ
१० वर्ष
रू. ७२,०००।-
२५%
रू. ९०,०००।-
१२ वर्ष
रू. ८६,४००।-
३५%
रू. १,१६,६४०।-
१५ वर्ष
रू. १,०८,०००।-
५०%
रू. १,६२,०००।-
२० वर्ष
रू. १,४४,०००।-
१००%
रू. २,८८,०००।-

५. नाबालक समेत सदस्य बन्न सकिने
यस आजीवन योजनामा अभिभावकको संरक्षकत्वमा १ वर्षपूरा भैसकेका नाबालक पनि सदस्य बन्न सक्नेछ । नाबालक बालिग नभएसम्म किस्ता रकम बुझाउने जिम्मेवारी संरक्षकको हुनेछ ।
६. पेन्शन पश्चात पनि बचत सुरक्षित
मासिक रू. ६००।- जम्मा गरी तल उल्लेखित अवधि पश्चात् पेन्शन पाकिसकेका सदस्यको अकस्मात मृत्यु भएमार् इच्छाएको व्यक्तिले निम्न अनुसार पेन्शन वा एक मुष्ठ रकम प्राप्त गर्न सकिनेछ ।
अवधि
पेन्शन रकम
मृत्यु पश्चात पाउने एकमुष्ट रकम
१२ वर्ष
मासिक रू. १,०००।-
रू. १,१६,६४०
१५ वर्ष
मासिक रू. १,५००।-
रू. १,६२,०००।-
२० वर्ष
मासिक रू. ३,०००।-
रू. २,८८,०००।-


७. विवाहित दम्पतिमा कुनै एक सदस्य भै पेन्शन पाकिसके पछि मृत्यु भएमा पति वा पत्नीले पेन्शन निरन्तर गर्न सक्ने व्यवस्था गरेको छ ।


सुन्दर एवम् सुनिश्चित भविष्यको परिकल्पना संकटा आजीवन योजना
Type of Loan
  • Housing Loan
    Housing Loan
  • Hire/Purchase Loan
    Hire/Purchase Loan
  • Business Loan
    Business loan
  • Special Scheme
    Special Scheme